नागढुंगा सुरुङमार्गको शिलान्यास प्रधानमन्त्रीले सोमबार गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुंगा सुरुङमार्गकोे सोमबार शिलान्यास गर्ने भएका छन् ।
सुरुङमार्ग निर्माण परियोजनाका अनुसार दिउँसो साढे दुई बजे नागढुङ्गाको टोटेपाखामा प्रधानमन्त्रीले सुरुङमार्गको शिलान्यास गर्ने कार्यक्रम रहेको जनाएको छ । जापानको ऋण सहायतामा बन्न लागेको सुरुङमार्गका लागि गत असोज ६ मा नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाज्मा अन्डो कर्पोरेसन’बीच साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो । १३ अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको सो सुरुङ मार्गको लम्बाइ २ दशमलव ६७ किलोमिटर रहेको छ ।
४० वर्षभित्र तिर्नेगरी शून्य दशमलव शून्य १ प्रतिशत ब्याजदरमा जापानले ऋण सहायता उपलब्ध गराएको हो ।