
काठमाण्डौँ । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म सुरुङ मार्ग निर्माणका लागी १५ अर्बमा सम्झौता हुने भएको छ । जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) को अन्तिम स्वीकृति आएपछि सम्झौता गर्ने सडक विभागको तयारी रहेको हो ।
सुरुङमार्ग आयोजना प्रमुख श्याम प्रसाद खरेल चालू आर्थिक वर्षमा नै ठेक्का सम्झौता हुनेमा विश्वस्त रहेको बताउँछन् । उनले १५ अर्बको हाराहारीमा ठेक्का सम्झौता हुने सक्ने बताए । ठेक्का सम्झौता भएको ४२ महिनामा काम सक्ने गरी तयारी भएको खरेलको भनाई छ । सुरुङमार्ग निर्माणस्थलको मुआब्जा वितरणमा पनि समस्या देखिएको छ । सुरुङ मार्गको पश्चिमी भागतर्फ धादिङको सिस्नेखोलाका स्थानीयले मुआब्जा वितरणमा अवरोध गरेका हुन् ।