
श्रीहरि थापा,
आफ्नो निकटम बिस्वास पात्र नेकपाका महासचिब बिष्णु पौडेललाई लिएर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न चन्द्रागिरि रिसोर्ट पुगेका छ्न् | नेपाली नयाँ बर्षको पूर्वसन्ध्यामा हालै संचालनमा आएको रिसोर्टमा झन्डै चार घण्टा गोप्य बार्ता गरेका थिए | स्रोतले दिएको जानकारी अनुसार निकै कडा सुरक्षा बिच भएको उक्त बार्तामा नेकपाका सचिबालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलको पनि उपस्थिती रहेको थियो |
संचारकर्मीलाई समेत निसेध गरिएको उक्त गोप्य छलफलमा पार्टी एकतालाई कसरी टुङ्गोमा पुराउने र सरकार संचालनमा हाल देखिएका बाधा कसरी फुकाउने बिषयमा छलफल भएको स्रोतको दाबी थियो | आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्दै आएको चन्द्रागिरी हील्स् र रिसोर्ट पछिल्लो पटक नेतागणहरुको पनि प्रिय गोप्य केन्द्र बन्दै आएको छ | केही दिन अधि मात्र पूर्वप्रधानमान्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड परिवार सहित छुट्टी मनाउन सुटुक्क चन्द्रागिरि रिसोर्ट पुगेका थिए |
Comments
