पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्याे

609

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको छ ।

नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा डिजेल र मटितेलमा १ रुपैयाँ मूल्य बढाएको हो । बढेको उक्त मूल्य शुक्रबार राती १२ बजेबाट लागु हुने निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य १११ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ कायम हुने भएको छ ।