भोली बिहान ५.०० बजेदेखि विहान १०.०० बजेसम्म सुचना बमोजिम संचालन गर्न मिल्ने

3540

चन्द्रागिरि नगरपालिकाको मिति २०७७/०२/०६ गते मा बसेको बैठकमा सुचना प्रकाशित भएको अनुसार सुची न २ मा शुक्रवार देखि २०७७/०२/२० गते मंगलबारसम्म अति आवश्यक सामग्री (खाद्यान्न, तरकारी, दूध, ईन्धन, दाना र बिउ बिजन तथा मल कारोवार गर्ने पसलहरू) बिहान ५.०० बजेदेखि विहान १०.०० बजेसम्म सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्ड (मास्क, स्यानीटाईजर, पंजा आदि) लगायतको पालना गरी संचालन गर्न मिल्ने उल्लेखित छ।

२) नेपाल सरकार (मन्त्री परिषद्‌) बाट मिति २०७७/०२/२० गतेसम्म देशभर लकडाउन गर्ने निर्णय
भएकोले मिति २०७७/०२/०९ गते शुक्रवार देखि २०७७/०२/२० गते मंगलबारसम्म अति
आवश्यक सामग्री (खाद्यान्न, तरकारी, दूध, ईन्धन, दाना र बिउ बिजन तथा मल कारोवार गर्ने
पसलहरू) बिहान ५.०० बजेदेखि विहान १०.०० बजेसम्म सामाजिक दुरी कायम गरी स्वास्थ्य
सुरक्षा मापदण्ड (मास्क, स्यानीटाईजर, पंजा आदि) लगायतको पालना गरी संचालन गर्न दिने र
अन्य समय पूर्ण रूपमा वन्द गर्ने ।

मंगलबार बसेको बैठकले जेठ ७ बिहान ६ बजेदेखि जेठ ९ गते बिहान ५ बजेसम्म नगर सिल गर्ने निर्णय गरेको थियो ।

चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले जेष्ठ ३ गते १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्म नगर सिल गर्ने निर्णय गरेको थियो । 

साथै चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले मंगलबार २०७७/२/७ थप दुुई दिन नगर सिल गर्ने निर्णय गरेको हाे ।