एजेन्सी,
भारतको केरला राज्यको एउटा विद्यालयको कक्षा ९ मा पढ्ने १४ वर्षिय दलित छात्रा देविका बालाकृष्णनले आफ्नो घरमा भर्चुअल कक्षाको लागि टिभिले काम नगरेको र बुवाआमाले अनलाइन क्लासको लागि स्मार्टफोन नकिनिदिएको भन्दै आत्महत्या गरेकी छिन् ।
विद्यालय प्रशासनका अनुसार उनी निकै जेहेन्दार छात्रा थिईन । विद्यालयले गत सोमबारदेखी अनलाइन कक्षा शुरु गरेको थियो ।
देविकाका बुवा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर हुन् र देविकाले आफ्नो कक्षाहरु छुट्न थालेपछि पटकपटक बुवालाई टेलिभिजन मर्मत गर्न भन्दै आएकी थिईन । तर बुवाले आम्दानीको स्रोत गुमेपछी त्यो काम गर्न सकिरहेका थिएनन् ।
सुसाईड नोटमा उनले लेखेकी थिईन, “I am going.”
Source:
Leave a Reply
You must be logged in to post a comment.