लायन्स क्लब अफ चन्द्रागिरिले निशुल्क अाखाँ शिविर ।

  • 87
    Shares

चन्द्रागिरि/राेसन दानी।

लायन्स क्लब अफ चन्द्रागिरिले निशुल्क अाखाँ शिविर सम्पन्न गरेकाे छ ।राजधानीकाे चन्द्रागिरिमा रहेकाे श्री चुनदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई निशुल्क अाखाँ जाँच गरिएकाे हाे । दृष्टि अाँखा अस्पताल कंलकीकाे प्राविधिक सहयोगमा २ सय ५० जनाकाे अाँखा जाँच गरिएकाे सस्थाका उपाध्यक्ष रेशम दवाडीले जानकारी दिए । कार्यक्रमकाे उद्घाटन समाराेहमा वाेल्दै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले समाज समृद्ध हुनलाई स्वास्थ जीवन अपरिहार्य हुनु पर्नेमा जाेड दिदै लायन्स कल्व अफ चन्द्रागिरिले समाज रूपान्तरणको पाटाेमा महत्त्वपूर्ण भुमिका खेल्नेमा अाफु विश्वस्त रहेकाे वताए । उनलेे अाफु मेयर हुनु पुर्व यसै स्कुलकाे स्थापना काल देखिनै प्रधानअध्यापक भएर काम गरेकाे स्मरण गर्दै हरेक विद्यार्थीहरूकाे स्वास्थ्यमा ख्याल राख्नु नगरकाे कर्तव्यबोध रहेकाे वताए । मेयर गिरीले भने “समाजकाे हरेक वर्ग समुदायकाे बालबालिकाहरू महत्त्वपूर्ण खम्बाकाे रूपमा रहेका हुन्छ र साना विद्यार्थीहरू भनेका भविष्यका कर्णधार हुन,उनिहरूकाे हरेक पाईलामा सवै तह र तप्काका वाट सहयाेग र सद्भावकाे खाचाे रहेकाे छ ” । कार्यक्रममा लायन्स क्लव अफ चन्द्रागिरिका अध्यक्ष मनमाया गिरीले लायन्स क्लब समाज रूपान्तरणको पाटाेमा कृयाशिल भएर लागिरहेकाे चर्चा गरिन,उनलेे लायन्स क्लव अफ चन्द्रागिरिले अागामी दिनहरूमा समाजमा महत्त्वपूर्ण भुमिका निभाउने वताईन । कार्यक्रममा चम्किला तारा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तारा राना,समाज सेवी धर्मानन्द श्रेष्ठ लगायतले लायन्स क्लव अफ चन्द्रागिरिले निशुल्क अाखाँ शिविरले सामुदायिक बिधालयकाे विद्यार्थीहरूले प्रत्यक्ष लाभान्वित हुन सफल भएकाे अाैंलाएका थिए ।


  • 87
    Shares

Comments

comments