
राेसन दानी
२५ असार, काठमाडौं ।
सरकारले श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५०
तोकेको छ ।
मजदुर संगठन, व्यवसायी र सरकारबीच भएको वार्तामा श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० पुर्याउने सहमति भएकाे हाे ।
यसअघि मजदुरको न्यूनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ३७ सय ५० रुपैयाँ थप्ने गरी समितिले सिफाररिस गरेकाे हाे ।
तलवमा २२५० भत्तामा १५०० वृद्धि गरि ३७ सय ५० पुगेकाे छ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १३ हजार ४ ५० पुग्नेछ ।
सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ ।
सामाजिक सुरक्षाकाेष तुरुन्त कार्यन्वयन गरिने गरिने सहमति भएकाे अखिल नेपाल ट्रेड युनियनका महासचिव जगत सिंखडाले जानकारी दिए ।
समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिँदैछ ।
समहति अनुसार अब हरेक उद्योग प्रतिष्ठानमा काम गर्ने मजदुरले बढेको तलब पाउने छन् ।
मजदुरहरूकाे वढेकाे तलव भत्ता साउन १ गतेदेखि लागू हुनेगरी निर्धारण गरिएकाे छ ।
सरकारले अब मजदुरको न्युनतम् तलव १३ हजार ४ सय ५० भन्दा कम दिने उद्योगीलाई कारवाही गरिनेछ ।