
पछिल्लो समय काठमाडौमा कोरोना पुष्टि भएकी महिला चन्द्रागिरि नगरपालिका वडा न ९ निवासी रहेको खुलेको छ । उहाँलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।
चन्द्रागिरि नगरपालिका नगरप्रवक्ता हरि भक्त महर्जनले बुधबार बिहान अाफ्नाे फेसबुकमा चन्द्रागिरि ९ मा एक जना काेराेना संक्रमित भेटिएको पुष्टि गर्दै सबैलाई सचेत र सुरक्षित बन्न अाग्रह गर्नुभएको छ ।
