
चन्द्रागिरि ।
सरकारले सडक विस्तार गर्दा दिने क्षतिपूर्ति बढाउने भएको छ ।
‘हामीले यो प्रस्ताव संसदको विकास समितिमा पनि राखेका छौ। त्यस्तै आइतबार मन्त्रालयमा पनि पत्र पठाएका छौ । भदौंसम्ममा निर्णय हुने अपेक्षा गरेका छौं,’ आयुक्त तिवारीले भने, बिजमाण्डुमा खबर छ । प्राधिकरणले गत जेठमा गरेको अन्तर्क्रिया कार्यक्रममा उपत्यकाका मेयर तथा उपमेयरहरुले घर भत्काउन पनि नपुग्ने गरि क्षतिपुर्ति दिएको भन्दै प्राधिकरणको तीव्र आलोचना गरेका थिए। उनका अनुसार उपत्यकामा अहिले ३ सय ६५ किलोमिटर सडक विस्तार सम्पन्न भएको छ ।
उपत्यकाको सडक निर्माणका लागि मात्र २ अर्ब ९४ करोड खर्च गरिसकेको प्राधिकरणले जनाएको छ।सडक विस्तारका लागि आएको रकममध्ये ७० देखि ७५ प्रतिशत घरको क्षतिपूर्ति दिनमै खर्च हुने गरेको उनले बताए।प्राधिकरणले काठमाडौमा ४ सय किलोमिटर,ललितपुरमा १ सय ३७ र भक्तपुरमा १ सय ३० किलोमिटर सडक विस्तारको काम अघि बढाएको छ।
अहिले उपत्यकाभित्र कुल १६ सय किलोमिटर सडक रहेको छ। उपत्यका सडक विस्तार आयोजनाका अनुसार चावहिल-जोरपाटी-साँखु, त्रिपुरेश्वर-कलंकी-नागढुङगा, सातदोबाटो-गोदावरी, इमाडोल-सिद्धिपुर-गोदावरी, लगनखेल-सातदोबाटो, ढोलाहिटी-सुनाकोठी-चापागाँउ, जोरपाटी-सुन्दरीजल लगायतका सडकमा मुआब्जाको विवाद छ । यहि कारणले सडक विस्तार अघि बढेको छैन्।