अस्थायी शिक्षकको दरबन्दी विवरण पठाउन जिल्ला शिक्षा कार्यालयहरूलार्इ निर्देशन


चन्द्रागिरि ।
अस्थायी शिक्षक व्यवस्थापनका लागि गठित कार्यदलले अस्थायी शिक्षक दरवन्दीको सत्य विवरण पठाउन जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ । गठित कार्यदलले यस विषयमा २४ गते अर्को बैठक बस्ने निर्णय गरेको छ ।
शिक्षा विभागले ७५ वटै जिल्लामा २०६१ देखि २०६३ सम्म, २०६३ देखि २०७२ सम्म र २०७२ देखि जेठ ३१ गतेसम्मको अस्थायी शिक्षक दरवन्दीको सत्य विवरण पेश गर्न सम्पूर्ण जिल्ला शिक्षा कार्यालयलाई आदेश दिएको छ ।
जिल्ला शिक्षा कार्यालयलाई दरवन्दी नलुकाई सत्य तथ्य विवरण पेश गर्न आग्रह गरेको अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष हेमनाथ चौलागाईले बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालको अध्यक्षतामा गठित उक्त कार्यदलमा ११ सदस्यीय टोली सहित अस्थायी शिक्षक संघर्ष समिति, नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको छ ।