उपत्यकामा कुन बार कुन पसल खोल्ने ?

काठमाडौं, ६ असार । उपत्यका प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थपेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइनेछ ।

आइतबार,मंगलबार र बिहीबार सुनचाँदी,भाँडा पसल,मोबाइल पसल बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न दिइने भएको छ ।

त्यसैगरी सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर,फेन्सीका पसलहरु खुल्नेछन् ।

यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् । खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ ।