एसोसिएसनले दियाे १सय१० थान अग्नि नियन्त्रक ग्यास सिलिन्डर

राेसन दानी २ माघ काठमाडौं । वाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनले उपत्यका रहेका पेट्रोल पम्पहरूलाई अग्नि नियन्त्रक ग्यास सिलिन्डर निशुल्क वितरण गरेकाे छ ।

राजधानीमा एक कार्यक्रमका विच एसोसिएसनले राजधानीमा रहेका पेट्रोल पम्पहरूलाई अग्नि नियन्त्रक ग्यास सिलिन्डर निशुल्क वितरण गरेको हाे ।

पहिलाे चरणमा १ सय ३२ आफ्ना सदस्यहरुलाई २५ के.जिको १सय१० थान अग्नि नियन्त्रक ग्यास सिलिन्डर निशुल्क वितरण गरेको थियाे ।

उपत्यकामा संचालित पेट्रोल पम्प हरूमा सुरक्षा जोखिम न्यूनीकरण गर्न सिलिन्डर वितरण गरिएको वाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष अच्युतवहादुर खड्काले बताए ।

पेट्रोलियम व्यवसायीहरूलाइ नेपाल आयल निगमले निर्देशन मात्र दिने तर व्यवशायि प्रति उत्तरदायी नभएको भन्दै आफ्ना सदस्यहरुलाई डिप रड,५लिटरको क्यलिव्रेसन कोनिकल जार यस अघि नै वितरण गरिएको बताउदै छिट्टै वाग्मती एसोसिएसनले बारूणयन्त्र समेत राख्ने बताए ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले राष्ट्रिय एसोसिएसनका २१ सस्था रहेकोमा वाग्मती एसोसिएसनले‌ आफ्ना सदस्यहरुलाई गरेको कार्यको प्रसंसा गर्दै सबै सस्था हरुले वाग्मती एसोसिएसनवाट सिक्नुपर्ने बताए ।
कार्यक्रममा अखिल नेपाल पेट्रोलियम मजदुर संघका केन्द्रीय अध्यक्ष शिव पाेखरेलले उपत्यकाको प्रत्येक पेट्रोल पम्प सुरक्षाकाे हिसावले निकै संवेदनशील र जाेखिम रहेकाे बताउदै प्रत्येक पेट्रोलियम मजदुरलाई सुरक्षा तालिम दिनु पर्ने जाेड दिदै श्रम एेन र सामाजिक सुरक्षा एेन कार्यनयन गर्ने माग समेत गरे ।

कार्यक्रममा ढुवानी व्यवसायी र मजदुर संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।