कलाकार भीमबहादुर थापाको निधन

काठमाडौं- वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ। गए राति करिब २ बजे उनको निधन भएको हो।

विभिन्न टेलिसिरियल, फिल्मका साथै थापाले रेडियो रुपक तथा नाटकहरुमा पनि काम गरेका थिए। ब्रिटिस सेनामा भर्ना भएर दोस्रो विश्वयुद्ध लडेका उनी टेलिसिरियल ‘देवी’ मा महत्त्वपूर्ण भूमिकामा देखिएका थिए।

विश्वयुद्ध सकिएपछि २००२ सालमा नेपाल फर्केका थापा नेपाली सेनामा प्रवेश गरेका थिए। उनले रेडियो नेपालबाट प्रसारण हुने सैनिक कार्यक्रममा २००८ देखि ०४५ सालसम्म निरन्तर रेडियो रूपक सञ्चालन गरेका थिए।