काठमाडौं उपत्यकामा दिउँसो ट्रिपर चलाउन निषेध

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन रोक लगाएको छ ।

सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासन कार्यालय र ट्राफिक प्रहरीलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो । अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर चलाउन पाइने छ । बिहान ५ कि ७ बजेसम्म सञ्चालन गर्न दिने भन्नेबारे निर्णय भइसकेको छैन ।

साउन १ गतेदेखि कार्यान्वय हुने गरी गृहको यो निर्देशनपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा भएका १०८ वटा दुर्घटनामध्ये ४० वटामा ट्रिपर संलग्न थिए ।

ट्रिपरका कारण जेठ महिनायता मात्र काठमाडौं उपत्यकामा ७ जनाको ज्यान गएको छ । ट्रिपरकै कारण आज विहान कलंकीमा र हिजो जडिबुटीमा एक–एक जनाको मृत्यु भएको भएको छ ।