चन्द्रागिरि र किर्तिपुर जोड्ने पुलको उद्घाटन

चन्द्रागिरि ।

फड्केदह बल्खु खोलामा निर्मित भोलुङ्गे पुलको शनिबार एक कार्यक्रमका बीच मन्त्री राजन कुमार केसीले उद्घाटन गरेका छन् । पुलले चन्द्रागिरि १५ को तीनथाना र किर्तिपुर नगरपालिकाको २ नं. लार्इ जोड्नेछ । ९३.७५ मिटर लम्बाइको पुल  जिल्ला समन्वय समिति र उपभोक्ताहरूको संयुक्त साझेदारीमा निर्माण सम्पन्न भएको हो जस्को चाैडाइ १.०६ मिटर रहेको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, वडा नं. १२ का अध्यक्ष प्रकाश श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।