चन्द्रागिरि र यतीबीच सम्झौताः हवाईयात्रु र केबलकारका ग्राहकलाई २० प्रतिशतसम्म छुट

चन्द्रागिरि
चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्स डोमेस्टिकबीच सेवाग्राहीलाई छुट लिने–दिने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार यती एयरलाइन्समार्फत हवाइयात्रा गरेका यात्रुलाई हवाईयात्राको बोर्डिङ्ग पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ । त्यस्तै चन्द्रागिरि केबलकारको टिकटका आधारमा यती एयरलाइन्सको टिकटमा ११–२० प्रतिशतसम्म छुट दिने सम्झौता भएको चन्द्रागिरि हिल्सले एक प्रेसनोटमार्फत जानकारी दिएको छ । सम्झौतापत्रमा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट महाप्रबन्धक अभिषेक विक्रम शाह र यती एयरलाइन्स डोमेस्टिकको तर्फबाट प्रविना के.सी.ले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसारको छुट यही साउन १ गते देखि २०७५ असार मसान्तसम्म लागू हुने जनाइएको छ । चन्द्रागिरि हिल्स लिमिटेडले ल्याउने सेवाग्राहीमुखी प्रर्बद्धनात्मक कार्यक्रम र यती एयरलाइन्सले ल्याउने दशैं तिहारको टिकट शुल्कमा यो योजना लागु नहुने पनि कम्पनीले जनाएको छ ।