नेपालको पुराना तस्वीरहरू देख्न पाउँदा जनकल्याण स्कुलका विद्यार्थीहरू दंग

विनिश महर्जनलार्इ काठमाण्डाैमा पनि विद्युतीय बस गुड्दथ्यो भन्दा चकित परे । त्यस्तै विनिशकै साथी विद्या श्रेष्ठले मानिसहरू पहिले पहिले हात्तीमा दैनिक रूपमा अावत जावत गर्दथे भन्ने पत्यारै लागेन् ।

फोटो म्युजियम नेपालले स्कुले विद्यार्थीलार्इ लक्षित गरि शुक्रबार काठमाण्डाैको चन्द्रागिरि नगरपालिकाको जनकल्याण मा.विमा अायोजना गरेको पुरानो फोटो प्रदर्शनीमा देखाइएका विभिन्न विषयका १०५ तस्वीर देख्दा स्कुले विद्यार्थीहरू मात्र हैन् स्वयं विद्यालयका प्रधानाध्यापक गाैतम नकर्मी समेत चकित परे ।

अायोजक संस्थाकी संस्थापक महिमा गाैतमका अनुसार विद्यार्थीहरूको नियमित पाठ्यक्रमलार्इ सुहाउने तस्वीरहरू उक्त प्रदर्शनीमा देखाइएको थियो । अायोजकका अनुसार कार्यक्रम चन्द्रागिरि नगरपालिका वडा नं. ०५ का वडाध्यक्षा कान्छाभार्इ महर्जन लगायत अन्य जनप्रतिनिधिहरू, विद्यालयका शिक्षक, शिक्षिका तथा २९० भन्दा धेरै विद्यार्थीहरूले अवलोकन गरेका थिए । चन्द्रागिरि नगरपालिकाको सहयोगमा प्रदर्शनी अायोजना गरिएको बताइएको छ ।