नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुग्याे

काठमाडौं, जेठ १६ गते । नेपालमा कोराना संक्रमणका कारण मृत हुनेको संख्या छ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो ।
मृतक अर्घाखाँची जिल्लाको भूमिका नपाका बासिन्दा भएको र ३५ वर्षीय पुरुष रहेको बताउनुभयाे ।  उहाँ भारतबाट नेपाल आउने क्रममा जेठ ११ गते नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गर्दा उहाँको स्वाबको नमुना लिइएको थियाे ।  नेपाल प्रवेश गरेसँगै उहाँको मृत्यु भएको थियो ।