पोखरा र जनकपुरमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन

काठमाण्डु – राजसंस्थाको माग गर्दै पोखरा र जनकपुरमा मोटरसाइकल र्‍याली निकालिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको पक्ष, नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान लागु गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले र्यालीनिकालेको हो ।

बुधबार पोखरा र जनकपुरधामका विभिन्नबाट नेपाल राष्ट्रवादी समूहले राजतन्त्र फर्काउनु पर्ने माग गर्दै राष्ट्रिय झण्डा बोकेर सयौंको संख्यामा मोटरसाइकल जुलुस निकालेको हो ।