प्रहरीले चन्द्रागिरि नगरपालिका ८ गैरिगाऊ मातातिर्थमा छापा १४ जना जुवाडे पक्राउ ।

कात्तिक ५ काठमाडौं / जुवा खेली रहेको अवस्थामा चन्द्रागिरि नगरपालिका वडा न ८ गैरिगाऊ मातातिर्थबाट प्रहरीले १४ जना जुवाडे पक्राउ गरेको छ ।
चन्द्रागिरि ८ गैरिगाऊ मातातिर्थ वस्ने माधव के सि को घरमा जुवा खेलाई रहेको अवस्थामा उनीहरूलाई प्रहीले नियन्त्रणमा लिएको हो ।

बिशेष सुचनाका आधारमा महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रहरी निरिक्षक केशवराज भट्टको कमाण्डमा गएको टोलीले जुवा खालबाट नगद ७५ हजार ८ सय २५ रुपैया र कौडा समेत बरामद गरेको छ । प्रहरी टोलीले छापा मार्दा ३२ जनालाइ कौडा खेलिरहेको अवस्थामा फेला पारेको थियो ।तर स्थानीयको अवरोधका कारण सबै जना जुवाडे पक्राउ गर्न नसकेको र पक्राउ पर्नेमा ब्यबसायिक रुपमा जुवा खेल्ने र खेलाउने समुह रहेको प्रहरी निरिक्षक केशवराज भट्टले जानकारी दिए ।

चन्द्रागिरी क्षेत्रमा बढ्दो अबैध गतिबिधि नियन्त्रण गर्न प्रहरीले बिशेष अपरेशन गर्दै आएको छ ।