फुलचोकीबाट हराइरहेका विद्यार्थी जोन तामाङ भेटिए

ललितपुरको फुलचोकीबाट हराइरहेका विद्यार्थी जोन तामाङ ६ दिनपछि जंगलमा भेटिएका छन् । हाइकिङका लागि गएका थसिखेलका १७ वर्षीय विद्यार्थी तामाङ हराएको ६ दिन पछि जंगलमा हाइकिङका लागि त्यहाँ पुगेकाहरुले उनलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

‘जोन भेटिएको खबर साँझआइपुगेको छ,’ ललितपुरका डिएसपी नरेन्द्र चन्दले भने, ‘प्रहरी टोली त्यहाँ पुग्दैछ। ‘ थसिखेलस्थित अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयले त्यहाँ हाइकिङका लागि लगेको थियो ।