भाेलीदेखि व्यवसायीहरुले सरकारकाे विराेध गर्दै पसल खाेल्ने

काठमाडाैं । भाेलीदेखि व्यवसायीहरुले सरकारकाे विराेध गर्दै पसल खाेल्ने भएका छन् । सरकाराले लकडाउन भएकाे ७२ दिन बित्दा पनि वास्ता नगरेकाे भन्दै उनीहरुले भाेलीदेखि पसल खाेल्ने भएका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्ताे भनेका हुन् । यस्ताे लकडाउन लामाे समय रहे उद्याेग व्यवसायीहरु पलायन हुनुकाे साथै धेरैकाे राेजीराेटी गुम्ने भन्दै उनीहरुले भाेली देखि दैनिक बिहानकाे ११ बजेसम्म पसल खाेल्ने निर्णय गरेका हुन् ।विश्व स्वास्थ्य संगठनकाे मान्यत अनुसार न्युनतमा सामाजिक दुरी कायम गर्दै मास्क स्यानिटाईजरकाे प्रयोग गरी पसल खाेल्ने संघले जनाएकाे छ ।।