महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटना, सात प्रहरी घाइते

९ भाद्र काठमाडौं । महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटनामा परेको छ।
डियुटी सिफ्टका लागि पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान कीर्तिपुर नगरपालिका-६ चोभारगेट नजिकै दुर्घटनामा परेको हो।
वृत्तका प्रहरीका अनुसार बा १ झ ८०६४ नम्बरको भ्यानमा ११ जना सवार थिए। त्यसमध्ये सात जना घाइते भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ।
‘ड्युटीका लागि पिक एण्ड ड्रप्ट गर्ने गाडी ड्युटी सिफ्ट गर्न जान हिँडेका प्रहरीको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको हो,’महानगरीय प्रहरी बृत्त कीर्तिपुरका प्रहरी निरीक्षक सुशील केसीले बताए ।
दुर्घटनामा परि सात जना प्रहरी जवना घाईते भएका छन् ।घाईते हुनेमा प्रहरी जवानहरू भुपेन्द्र कुमार सिंङ,दिनेस चाैधरी,कमल चाैधरी धनबहादुर बाेरा,राजकुमार शाहा,इन्द्रदेव जाेशी अर्जुन सिङ भात रहेका छन् ।
घाईते मध्य पाँच जनाकाे उपचार पछि डिस्चार्ज भएका छन् भने दुई जना अस्पताल रहेका छन् ।
उनीहरूको उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ। घाइते प्रहरीहरूको अवस्था सामान्य छ।