महिला हिंसा विरूदकाे अावाजमा युवाहरू अगाडि वढ्दै ।

काठमाडौं / १९ साउन

पछिल्लो समय महिला हिंसा व्याप्त वढ्दै गईरहेकाे भन्दै युवाहरूले महिला हिंसा विरूद सचेतना अभियान सुरू गर्ने भएका छन् ।

राजधानीकाे चन्द्रागिरिमा पत्रकार समेलन गरि महिला हिंसा विरूद एक भएर लाग्ने वताएका हुन ।

नारी अाधा अाकाश हाम्रो बाेल,महिला हिंसा विरूद्दकाे हाम्रो गाेल भने उदेश्यका साथ साउन ३१ गते नेथ्यम कलेज रविभवनमा महिला हिंसा विरूद्द काे अावाज गरिने कार्यक्रमका संयाेजक अस्मिता क्षेत्रीले वताईन । उनले भनिन् “पछिलाे समय महिलाहरूलाई हेरिने दृष्टिकोणमा परिवर्तन गर्न शिक्षा महत्त्वपूर्ण रहेकाे भन्दै, सरकारलेनै पछिल्लो समयमा महिलाहरू माथी हुने विवेद अन्त्यका लागि सरकार लाचार भएर हेरिरहेकाे र महिलाहरूकाे पिडा दिन प्रतिदिन ठपेर गईरहेकाे प्रती सरकार अब कानुनि हिसावमा गम्भीर हुनु पर्ने हाे ।”
द क्रेटरकाे अायाेजनामा हुन लागेकाे कार्यक्रममा समाजमा भएका प्रत्यक्ष,वा अ प्रत्यक्ष घटनाहरूलाई वास्तविक र यथार्थपरक चित्रण गरिने अायाेजक कमिटिका सदस्य रमण श्रेष्ठले वताए ।

समाजमा घट्ने विभिन्न खाले महिला हिंसा जन्य घटनाहरूलाई सवै नारी,पुरूषकाे दस्ता वनाएर लड्न सवैलाई प्रेरित गरिने अायाेजकले पत्रकार समेलनमा जानकारी गराएका हुन ।

कार्यक्रममा वाेल्दै समाज सेवी रामनारायण घिमिरेले समाजका हरेक गतिविधिमा सवै एक भएर लागे समाज रूपान्तरणमा महत्त्वपूर्ण भुमिका युवा दस्ताले खेल्ने चर्चा गरे ।

कार्यक्रममा सदस्य अन्जान थापाले महिला हिंसाकाे अन्तय गर्न नारी पुरूष वरावरी भावना भने उदेश्यका साथ अगाडि वढाउनु पर्नेमा जाेड दिए ।