मिस नेपाल नम्रता श्रेष्ठलाई चन्द्रागिरि नगरपालिका-१५ मा सम्मान

चन्द्रागिरि नगरपालिका वडा न १५ ले मिस नेपाल च.न.पा वडा न १५ निवासी नम्रता श्रेष्ठलाई स्वागत तथा सम्मान गरेको छ । मिस नेपालको ताज पहिरिएर चन्द्रागिरि नगरपालिकाको नाम राष्टिय स्तरमा चिनाउन सफल भएको भन्दै श्रेष्ठलाई वडा कार्यलयले कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

कार्यक्रममा च.न.पा वडा न १५ का वडा अध्यक्ष उतम बहादुर राउतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।सो अवसरमा अध्यक्ष राउतले चन्द्रागिरिकी छोरीले मिस नेपालको ताज जित्नु सामान्य कुरा नभई समग्र चन्द्रागिरि नगरपालिकाको प्रतिष्ठाको विषय भएको बताए ।

मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वल्र्डको ताज पहिरिनुभएको हो । शिक्षिकाको रुपमा कार्यरत श्रेष्ठले निर्णायक मण्डलको प्रश्न ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।

उनले नेपाली महिला सशक्त हुने उल्लेख गर्दै नेपाली महिलाहरु सकारात्मक सोचले अघि बढ्ने गरेको भन्दै त्यसकै आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन्।

यससँगै उनले नगद २ लाख ५० हजार जितेकी छन् भने आगामी वर्षको मिस वर्ल्ड प्रतिस्पर्धामा भाग लिने अवसरसमेत प्राप्त गरेकी छन् ।