लठ्ठाबाट फुत्किएर केबुलकार दुर्घटनाग्रस्त हुँदा पाँचको मृत्यु

श्रीनगर : भारत प्रशासित काश्मिरको पर्यटकीय सहर गुलमार्गमा आइतबार एक केबुलकार दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

केबुलकारको को घिर्नी लठ्ठाबाट खुस्किएपछि करिब ३० मिटर तल भूइमा पछारिन पुगेको र कारभित्र रहेका पाँच जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रहरी अधिकारी इम्तियाज हुसैनले बताउनुभयो।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनामा नयाँ दिल्लीबाट भ्रमणमा आएका एक जोडी र उनीहरुका दुई बच्चा परेको पुष्टि भएको हुसैनले बताउनुभयो। केबुलकारमा सवार यात्रुहरु पिरपान्जल हिमालयन शृङ्खलातर्फ जाँदै गर्दा भएको बताइएको छ। गुलमार्ग स्कीका लागि प्रसिद्ध भारतीय गन्तव्य हो।