लिम्पियाधुरासहितको नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित

काठमाडौं । सरकारले भारतको अतिक्रमणमा परेको दार्चुलाको लिम्पियाधुरासहित समेटेर नयाँ नक्सा मन्त्रिपरिषद्ले पारित गरेको छ ।

भूमिसुधार मन्त्री पद्मा अर्यालले गरेको प्रस्तावलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । यसले अब सीमा विवादलाई सरकारले गम्भिर रुपमा लिएको देखिएको छ । यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाटै यो पारित गर्ने सम्भावना थियो । तर, अन्तिममा रोकिएको थियो ।