वृद्धभत्ता ३ हजार पुग्यो

 सरकारले वृद्धभत्ता दुई हजारबाट ३ हजार रुपैयाँ पुर्याएको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता बढेको बताएका हुन् । एकल महिला र लोपोन्मुख जातिका लागि पनि एक हजार भत्ता बढेको छ ।

यसअघि वृद्धभत्ता मासिक २ हजार र एकल महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो।