श्रावण १ गतेबाट लामो दुरीका बसले बसपार्कमा मात्र यात्रु झार्नुपर्ने

चन्द्रागिरि ।

राजधानी भित्रिने लामो दुरीका सार्वजनिक यात्रुबाहक सवारी साधनहरु काठमाडौंको गोंगबूबाटमात्र आउन जान पाउने भएका छन्।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको अध्यक्षतामा प्रहरी नायव महानिरीक्षक मिङमार लामा लगायतका सरोकारवाला निकायको उपस्थितिमा सो निर्णय गरिएको हो। यो नियम श्रावण १ गते देखी लागू हुने र नयाँ बसपार्कभन्दा अन्यत्र पार्क गरे कारबाही गरिने बताइएको छ।

उपत्यका बाहिरबाट प्रवेश गरेका सवारीसाधनहरु कलंकीबाट बाँया मोडिएर सिधै नयाँ बसपार्क र उपत्यका बाहिरिने लामोदुरीका सवारी साधनहरु सिधै नयाँ बसपार्कवाट बाँया मोडिएर कलंकी नागढुङ्गा हुदै उपत्यका बाहिरिनुपर्ने छ।

त्यस्तै गोगंबूु तथा पुरानो बसपार्कको क्षमता र सवारी साधनको संख्या हेरी बसपार्क सम्वन्धी वैकल्पिक व्यवस्थापन गर्न चक्रपथसंग जोडिएका स्थानिय निकायमा निर्वाचित मेयर र कार्यकारीहरुसँग छलफल गर्ने निणर्य पनि गरिएको ट्राफिक व्यवस्थापन महाशाखाले जानकारी दिएको छ।

त्यसैगरी चक्रपथको हरियाली क्षेत्र(ग्रिन बेल्ट)मा सवारी साधन पार्किङ्ग निषेध गर्ने र यो निणर्य अटेर गरेर ग्रिन बेल्टमा पर्किङ्ग गर्ने सवारी साधनलाई आषाढ २५ गते देखि कारवाही शुरु गरिन बताइएको छ।