हिन्दु राष्ट्र र राजतन्त्रको मागसहित कैलालीमा बृहत मोटरसाईकल र्‍याली

धनगढी । हिन्दूराष्ट्र पुनस्र्थापना तथा संवैधानिक राजतन्त्रको पक्षमा कैलालीमा बृहत मोटरसाइकल र्यालीको आयोजना गरेिएको छ ।

देशभक्त समाजले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट निकालेको र्‍याली अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोण सभामा परिणत भएको छ ।

र्‍यालीमा सयौँ युवा तथा समर्थकको सहभागिता रहेको छ ।

हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित बृहत प्रदर्शन गरिएको आयोजकले बताएका छन् ।