घरको झ्यालबाट खसेर काठमाडौंमा २ वर्षीया बालिकाको मृत्यु

काठमाडौंको बागबजारमा घरको झ्यालबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको छ। बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो।

झ्यालबाट खसेर गम्भीर घाइते भएकी रियासालाई उपचारका लागि ट्रमा अस्पतालमा भर्ना गरिएको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।