काठमाडौँ । काठमाडौँको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन् ।
हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार उनले टाउको बाहिर निकालेर यात्रा गरिरहेका थिए ।
प्रहरीका अनुसार गाडी विद्यालयबाट निस्किने बेलामा दुर्घटना भएको थियो। दाहाल बसको पछाडिको सिटमा बसेका थिए।
उनी ५ कक्षामा अध्ययनरत थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।