चन्द्रागिरिको गुर्जुधारामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

रोशन दानी, काठमाडौ । चन्द्रागिरिको गुर्जुधारमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय जाने बाटो नजिक सुतुङ्गलबाट थानकोट जाँदै गर्दा सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिदा एक महिलाको ज्यान गएको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार ना८ख १९८९ नम्बरको ट्रकको ठक्करबाट प्रदेश नम्बर ३को ०२–००७ प ८४५ नम्बरको स्कुटमा सवार महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा धादिङ ज्वालामुखी गाउँ पालिका–२ घर भई बलम्वु १२ हरियाली बस्ने ३१ वर्षीया जमुना कार्कीको शहीद मेमोरियल अस्पताल कंलकीमा उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले बतायो ।

ठक्कर दिने सवारी र सवारी चालक जिल्ला सुनसरी लौकी गापा ६ घर हुने वर्ष २९ को युकलाल ऊरौ महानगरीय प्रहरी बृत्त थानकोटको नियन्त्रणमा रहेको छ ।