नगर प्रमुख गिरिद्वारा नेपाली कांग्रेस बाग्मती प्रदेश सदस्यमा मनोनयन प्रजापतिलाई बधाई तथा शुभकामना

काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरि नगर -१० इकाई कार्य समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस तरुण बिभागबाट बाग्मती प्रदेश सदस्यमा मनोनयन निरज प्रजापतिलाई बधाई तथा शुभकामना प्रकट गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा न १० स्थित सतुंगलमा जन्मिएका काङ्ग्रेसको युवा समाजसेवि प्रजापतिलाइ नेपाली कांग्रेस तरुणदल विभाग प्रमुख शंकर भण्डारीद्वारा तरुण दल बाग्मती प्रदेशको सदस्यमा मनोनयन गरिएको हो ।

प्रजापतिलाई चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरि, नेपाली कांग्रेस चन्द्रागिरि नगर -१० इकाई कार्य समितिका सभापति कुल नारायण महर्जन, नेपाली कांग्रेस चन्द्रागिरि नगर -११ इकाई कार्य समितिका सभापति राजेन्द्र महर्जन लगायतले माला, सल, अविर र बधाई पत्रबाट शुभकामना प्रकट गरेका थिए ।

उक्त कार्यक्रम पमुख अतिथि नगर प्रमुख घनश्याम गिरिले नेपाली कांग्रेस, तरुण दल र लोकतन्त्र प्रति आस्था राख्ने युवाहरुलाई सम्वन्यन गरि गतिशिल बनाउन प्रजापतिको महत्वपूर्ण योगदान हुने बताए। साथै बाग्मती प्रदेश सदस्यमा मनोनयन भएकोमा प्रजापतिलाई बधाई तथा शुभकामना प्रकट गरेको थिए।

बाग्मती प्रदेश सदस्यमा मनोनय भएकोमा निरज प्रजापति कार्यक्रममा ‘आज म निकै हर्षित छु। पार्टी प्रतिको आस्था र विस्वास अझै बढेको छ। पार्टीले दिएको नयाँ जिम्मेवारी प्रति आभार प्रकट गर्दछु र सदाझै राष्ट्रियता, समाजबाट, लोकतन्त्र र तरुण एकता प्रति सभाप्रित रही निष्ठापूर्वक आफ्नो कर्तव्य पालना गर्ने प्रतिवद्धता‘ गरेका थिए  ।