बखु खोलामा एक पुरुषको शव फेला

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर २ मक्वाचाबाट चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ तीनथाना जाने झोलुङ्गे  पुलमुनि पुरूषकाे शव भेटिएकाे छ । कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बखु खोलाको पुलमुनि एक पुरुषको शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

अन्दाजी ४०–५० वर्षका ती मृतककाे शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनकाे सनाखत हुन सकेकाे छैन ।

शव पोष्टमार्टमाका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । सनाखत हुन नसकेपछि प्रहरीले मृतककाे तस्विर समेत सार्वजनिक गरेकाे छ । शवकाे पहिचान भएमा नजिकैकाे प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।