Home ब्रेकिंग न्युज भदौ २० गतेदेखि ड्राइभिङ लाइसेन्सको परीक्षा हुने

भदौ २० गतेदेखि ड्राइभिङ लाइसेन्सको परीक्षा हुने

0
भदौ २० गतेदेखि ड्राइभिङ लाइसेन्सको परीक्षा हुने
photo: file

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ ।

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा भदौं २० गतेदेखि सञ्चालन हुने भएको छ । यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्स परीक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेसँगै यातायात लाइसेन्स कार्यालयहरुले भदौं २० गतेदेखि परीक्षा सञ्चालन गर्ने भएका हुन् ।

स्वास्थ्य सुरक्षाका पूर्ण मापदण्डको पालना गरी लिखित तथा प्रयोगात्मक परीक्षा हुने जनाइएको छ ।