रुपा सुनारविरुद्ध घरवेटी सरस्वतीले दिइन् उजुरी

711

१६ असार ०७८, ललितपुर । जातीय विभेद गरेको आरोप लगाई प्रहरी कार्यालयमा थुनाएको आरोपमा काठमाडौं बबरमहलकी सरस्वती प्रधानले रुपा सुनार विरुद्ध आज विहीबार ललितपुर पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर उजुरी दर्ता गराएकी छिन् ।

उनले आफूले विभेद एवं छुवाछुतको व्यावहार नगरे पनि षड्यन्त्रपुर्वक फसाइएको आरोप लगाएकी छिन् । उनले उजुरी दिदै कोठा खोज्न जाने क्रममा सँगै पुगेका प्रतिवादी सुनारसँगै सुष्मा राई र सिर्जना राईलाई समेत हदैसम्मको कारवाहीको माग गरेकी छिन् ।

उनलाई केही दिनअघि सुनारले जातीय छुवाछुतको व्यावहार गरेको भन्दै प्रहरीकोमा उजुरी दिएपछि ३ दिनसम्म प्रहरी हिरासतमा राखेर प्रमाण नपुगेको भन्दै छोडिएको थियो ।

प्रधानलाई अन्याय भएको भन्दै राजधानीका विभिन्न ठाँउमा कारवाहीको माग गर्दै नेवार समुदायले हस्ताक्षर संकलन समेत गरेका थिए ।