चन्द्रागिरिमा आज ५३-५४ बर्ष उमेर समुह र अशक्त अपांगता वर्ग हरु लाइ मात्र खोप

४ श्रावण, काठमाडौं । अमेरिकाले उपलब्ध गराएको कोरोनाभाइरस कोभिड–१९ विरुद्धको एक डोज मात्र लगाए हुने जोन्सन एंड जोन्सन खोप चन्द्रागिरि नगरपालिकामा आज साउन ४ गतेदेखि ६ गते सम्म लगाउन सुरु गरिने भएको छ ।

अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक डोज मात्रै दिइने जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जोन्सन एन्ड जोन्सनको खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई मात्र खोप दिने सरकारले निर्णय गरेको छ ।

चन्द्रागिरिमा जोन्सन एण्ड जोन्सन खोप लगाउन सबै खोप केन्द्रमा आउने उमेर समुह तथा लक्षित समुह र मितिः-

क. मिति २०७८/०४/०४ गते

  • ५३-५४ बर्ष उमेर समुहको ब्यक्तिहरु,
  • पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरु,
  • हाल नेपालमा बसोवास गरिरहेका शरणार्थीहरु,
  • स्वास्थ्यकर्मी र सरसफाइकर्मिहरु,

ख. मिति २०७८/०४/०५ गते

  • ५१ – ५२ बर्ष उमेर समुहको ब्यक्तिहरु,
  • पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरु,
  • हाल नेपालमा बसोवास गरिरहेका शरणार्थीहरु,
  • स्वास्थ्यकर्मी र सरसफाइकर्मिहरु,

ग. मिति २०७८/०४/०६ गते

  • ५० बर्ष उमेर समुहको ब्यक्तिहरु र यस अघि छूट भएका ५१-५४ बर्ष उमेर समुहका व्यक्तिहरु,
  • पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरु,
  • हाल नेपालमा बसोवास गरिरहेका शरणार्थीहरु,
  • स्वास्थ्यकर्मी र सरसफाइकर्मिहरु,

चन्द्रागिरिमा कहाँ छन् खोप केन्द्र ?

चन्द्रागिरि प्राथमिक स्वास्थ्य अस्पताल, थानकोट,
सामुदायिक भवन, सतुंगल साथै
ए. पि. एफ, बलम्बु
बाट  खोप केन्द्रहरुको व्यवस्था गरिएको छ।