पहिरोका कारण नागढुङ्गा-नौबिसे सडकखण्ड बन्द

पहिरोका कारण नागढुङ्गा-नौबिसे सडकखण्ड बन्द भएको छ । बिहान ९ बजैदेखि नै यो सडकखण्ड दुईतर्फी नै बन्द छ ।

काठमाण्डौसँगको मुख्य नाका भएकाले अहिले त्यहाँ लामो जाम छ । यो नाका भएर हरेक दिन सयौँ गाडी काठमाण्डौ भित्रने बाहिरिने गर्छर्न्‌ । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा नजिकै चिसापानीमा पहिरो जाँदा सडक ठप्प भएको प्रहरीले बताए।

पानी परि रहेकोले पहिरो हटाउन समय लाग्नै प्रहरीले जनाएको छ । यसले गर्दा यात्रुलाई सास्ती भएको छ । प्रहरीले सडकको अवस्थाबारे जानकारी राखेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।