नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं, असार २९ गते । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिनु भएको छ। उहाँलाई आजै राष्ट्रपतिले पद

विसं। २००३ जेठ ३१ गते असिग्रााम रुवाखोलामा, गन्यापधुरा गाउँपालिका–१ डडेल्धुरामा जन्मिनुभएका देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।

विसं। २०२२ सालबाट कांग्रेसमा आवद्ध हुनुभएको देउवा २०५२ भदौ २६ गते पहिलो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । यसबीचमा उहाँ २०२७ सालमा नेविसंघको संस्थापक सदस्य, २०४८ सालमा डडेलधुराबाट सांसद निर्वाचित, २०४८ मै कांग्रेस सरकारमा गृहमन्त्री र २०५१ सालमा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो ।

यसैगरी २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको देउवालाई २०५९ असोज १८ गते राजा तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीबाट हटाउनु भएको थियो ।

२०५९ असारमा कांग्रेस प्रजातान्त्रिक गठन र सभापति हुनुभएको देउवा २०६१ जेठ २० गते तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । तेस्रो पटक प्रधानमन्त्री हुनुभएको देउवालाइ नौ महिनामा नै प्रधानमन्त्रीबाट हटाइको थियो ।

त्यसपछि २०६४ मा कांग्रेस एकीकरणपछि वरिष्ठ नेता, २०७२ मा कांग्रेस सभापति, २०७३ मा कांग्रेस संसदीय दलको नेता हुनुभएको थियो । २०७४ जेठ २३ मा चौथो पटक प्रधानमन्त्री हुनुभएको देउवा २०७८ असार २९ गते पाँचौं पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।