अफगानिस्तानबाट उद्धार गरिएका एक सय २७ जना नेपाली स्वदेश आइपुगे

काठमाडौँ, भदौ १ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् ।  मेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो ।



jibss

विमानस्थल स्रोतले दिएको जानकारी अनुसार तीमध्ये १ सय २७ जना मंगलबार आज बिहान १० बजेर १५ मिनेटमा विमानस्थल आइपुगेका हुन्। उनीहरूलाई दोहाबाट कुवेतको अल–जजिरा विमानस्थल लगी त्यहाँबाट नेपाल ल्याइएको हो ।