सतुगंलमा सवारी दुर्घटना, एकको मृत्यु एक घाइते

accident

काठमाडौं । सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।



jibss

चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित सडकमा बागमती प्रदेश–०२–०१६ प ९५७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने धादिङ ज्वालामुखी गाउँपालिका–६ घर भएकी ३६ वर्षीया नन्दकला आले मगरको सोमबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको अन्नपुर्ण न्यूरो अस्पताल माईतिघर मण्डलामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै ठक्करबाट घाइते भएका उनकै श्रीमानको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।