उपत्यकामा थप एक साता निषेधाज्ञा थपियो

काठमाडौः काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थप भएको छ।

निषेधाज्ञालाई खुकुलो बनाउँदै थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । अब दुई पाङ्ग्रे मोटरसाइकल र निजी चार पाङ्ग्रे कार, जीप, ट्याक्सी जोर–बिजोरका आधारमा चल्नेछन् । चारपाङ्ग्रे गाडीमा चार जना मात्रै बस्न पाइनेछ ।

अन्य सार्वजनिक सवारीसाधन भने तत्काल चलाउन नपाइने अधिकारीहरूले बताए

सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।

त्यस्तै खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू पहिलेकै जस्तो बिहान ११ बजेसम्म खुल्न पाउने छन्।

गत साता नै त्यस्ता पसलहरू बिहान ११ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो। यसअघि असार ७ गतेसम्म  जारी गरिएको निषेधाज्ञाको अवधि अब १४ गतेसम्म कायम रहनेछ ।  स्थानीय प्रशासनले बार तोकेर सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेको छ ।