
माघ ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आज दिउँसो ३ बजे देशवासीलाई सम्बोधन गर्ने भएका हुन्।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ। देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचन गर्नेबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्।