काठमाण्डौ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बिएको छ। जिल्ला प्रशासन कार्याल काठमाण्डौले काठमाण्डौमा साउन २१ गतेबाट साउन २७ गतेसम्म एक साता निषेधाज्ञा थप गरिएको सूचना जारी गरेको हो।
घरबाहिर निस्किँदा दुई व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ। सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्ट, डान्सबार, दोहारी, स्विमिङ पुल, मनोञ्जन स्थल, संग्राहलय, रंगशालाजस्ता भीडभाड हुने स्थान खोल्न पाइने छैन। खुला स्थानमा मानिसको भेला, भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर आदि गर्न र गराउन पाइने छैन।
शिक्षण संस्थाहरुमा भौतिक उपस्थितिमा पठनपाठन गराउन पाइने छैन।
Leave a Reply
You must be logged in to post a comment.