
चन्द्रागिरि नगरपालिकाको सामाजिक सुरक्षा भत्ता सम्वन्धि सार्वजनिक सूचना जारि गरेक छ। च.न.पा प्रमुख प्रशासकीय अधिकृतद्वारा जारि गरिएको उक्त सुचनामा सामाजिक सुरक्षा ऐन, २०७५ को संशोधित दफा १५ को खण्ड (क) (ख) मा देहाय बमोजिमका व्यक्तिहरुले ऐन बमोजिमको सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था गरेको व्यहोरा सवैमा जानकारी गराइएको छ।
ऐनको संशोधित दफा १५ को खण्ड (क) (ख) सामाजिक सुरक्षा भत्ता नपाउनेः
(क) कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनित भई बहाल
रहेको व्यक्ति ।
(ख) नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएको सङ्गठित संस्थाबाट नियमित रुपले पारिश्रमिक, निवृत्तभरण, अवकाश सुविधा वा अन्य सुविधा पाइरहेको व्यक्ति ।
ऐनको दफा २२ उजुर गर्न सक्ने:
ऐनको दफा अन्तर्गतको कसुरमा जुनसुकै व्यक्तिले सम्वन्धित स्थानीय तहको न्यायिक समितिमा उजुर गर्न सक्नेछ ।
You must be logged in to post a comment.