साझा यातायातले थाननकोट-एयरपोर्ट रुटमा तीन वटा बस सञ्चालन

काठमाडाैं । साझा यातायातले चन्द्रागिरिमा बस सञ्चालनमा ल्याएको छ। साझा यातायातले थाननकोट-एयरपोर्ट रुटमा तीन वटा बस सञ्चालनमा ल्याएको हो।  सञ्चालनकाे पहिलाे चरणमा उपत्यकाकाे विभिन्न रुटमा १९ वटा बस सञ्चालनमा ल्याएको हो।

भाेलि मंगलवारदेखि जाेरविजाेर प्रणाली हटेपछि पचास प्रतिशत बस सञ्चालन गर्ने तयारी भइरहेकाे साझाले बताएकाे छ । उपत्यकामा यात्रुकाे संख्या न्यून भएकाले पचास प्रतिश मात्र बस सञ्चालनमा ल्याउने तयारी भएकाे जनाइएकाे छ ।

हाल लगनखेल–नयाँबसपार्क रुटमा पाँच वटा, लगनखेल–बुढानिलकण्ठ रुटमा पाँच, थाननकोट एयरपोर्ट तीन, रत्नपार्क–लामाटार तीन र रत्नपार्क–गोदावरी तीन गरी १९ बस सञ्चालनमा ल्याएको सझाकाे भनाइ छ ।