कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अधिकारीकाे निधन

चन्द्रागिरि।  

कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्यामकुमार अधिकारीकाे निधन भएको छ । २०८० बैशाख १ गते बाईक दुर्घटनामा गम्भीर घाईते भई अस्पतालमा उपचाररत अधिकारीकाे निधन भएकाे हो।

आज आइतबार दिउँसो माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा अधिकारीकाे निधन भएको बिरेन्द्र शाक्यले जानकारी दिए ।

२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिई निर्वाचित भएका अधिकारीको कार्यकाल ११ महिनामात्र पूरा भएको थियो ।