
राेशन दानी
नागढुङ्गा सुरुङमार्गले पीडित स्थानीयलाई क्षतिपूर्ति दिने भएकाे छ । स्थानीय पीडितहरूले क्षतिपूर्ति माग गर्दै काम ठप्प पार्ने चेतावनी दिए पछि स्थानीय र निर्माण पक्ष विच वार्ता भएकाे हाे ।
परियोजनाका कारण पीडित भएका दहचोकका स्थानीयले ४५ दिन भित्र उचित क्षतिपूर्ति दिने सहमति भएकाे स्थानीयले वताएका छन् ।
शुक्रबार नागढुङ्गा सुरुङ मार्ग परियोजनाको काम रोक्ने स्थानीयको चेतावनीपछि बसेको सर्वपक्षीय बैठकले पीडितलाई ४५ दिनभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो ।
वार्तामा क्षती पुगेका घरहरुको क्षतिकाे मुल्यांकन गरि क्षतिपूर्ति दिने,पानी,वाटाे र धारा उपलब्ध गराउने लगायत सहमति भएकाे थियाे । स्थानिय वासिन्दाहरुले ४५ दिन भित्र माग पुरा नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।